मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बकर ईद बिदाका कारण उच्च अदालत पाटनले जेठ १४ का पेसी सार्‍यो

शुक्रबार, ०८ जेठ २०८३, १७ : ५०
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • उच्च अदालत पाटनले जेठ १४ गतेका लागि तय गरिएका सम्पूर्ण मुद्दा तथा निवेदनहरूको पेसी स्थगित गरी जेठ २१ गतेका लागि सारेको छ ।
  • गृह मन्त्रालयको निर्णयअनुसार बकर इद पर्वको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिइएकाले अदालतले उक्त दिनका पेसीहरू सारेको हो ।
  • जेठ १४ गतेका लागि साप्ताहिक पेशी सूचीमा चढेका निवेदन तथा प्रतिवेदनहरू अब जेठ २१ गतेका लागि सारिएको छ ।

काठमाडौँ । उच्च अदालत पाटनले आगामी जेठ १४ गतेका लागि तय गरिएका सम्पूर्ण मुद्दा तथा निवेदनहरूको पेसी स्थगित गरी जेठ २१ गतेका लागि सारेको छ ।

गृह मन्त्रालयको निर्णयअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (इद–उल–अज्हा) को अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिइएकाले अदालतले उक्त दिनका पेसीहरू सारेको हो । 

अदालतका उपरजिस्ट्रार प्रेमप्रसाद पौडेलका अनुसार जेठ १४ गतेका लागि साप्ताहिक पेशी सूचीमा चढेका निवेदन तथा प्रतिवेदनहरू अब आउँदो जेठ २१ गतेका लागि सारिएको छ । 

पेसी सारिएकोबारे सम्बन्धित सबै पक्ष र सर्वसाधारणका जानकारीका लागि अदालतले यो सार्वजनिक सूचना जारी गरेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप