बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गरिने

शुक्रबार, ०८ जेठ २०८३, २१ : ४५
शुक्रबार, ०८ जेठ २०८३

काठमाडाैँ । प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन हुने भएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको हो । 

समितिको बैठकले प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति समीक्षा बास्कोटाले बताइन् । 

साथै बालसुधार केन्द्रको अवस्थाको अध्ययन गर्न पनि उपसमिति गठन हुने बताइन् । उनले भनिन्, ‘प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्छौँ । बालसुधार केन्द्रहरूको अध्ययन गर्नको लागि पनि समिति गठन गर्नुपर्छ । यो उपसमितिमा बस्न चाहने माननीयहरूले नाम टिपाइदिनुहोला ।’

समिति सभापति बास्कोटाले संसदीय उपसमितिमा बस्न चाहने सांसदहरूलाई समिति सचिवालयमा नाम टिपाउन आग्रह गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप