इरान र अमेरिकाबिच वार्ताको सरगर्मी: पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान प्रस्थान
सारांश
- पाकिस्तानका सेना प्रमुख असिम मुनिर इरान र अमेरिकाबीचको कूटनीतिक वार्ताको सन्दर्भमा तेहरान प्रस्थान गरेका छन्।
- उनले इरान-अमेरिका वार्ता, क्षेत्रीय शान्ति र रणनीतिक मुद्दाहरूमा छलफल गर्नेछन्।
- वार्तामा केही सकारात्मक सङ्केतहरू प्राप्त भए पनि युरेनियम भण्डार र होर्मुज जलसन्धि जस्ता मुख्य विषयहरूमा गतिरोध कायम छ।
काठमाडौँ । इरान र अमेरिकाबिचको कूटनीतिक वार्तालाई लिएर सरगर्मी बढेका बेला पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर शुक्रबार इरानको राजधानी तेहरानतर्फ प्रस्थान गरेका छन् । पाकिस्तानी सरकारी सञ्चारमाध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै यस भ्रमणको पुष्टि गरेका हुन् ।
बीबीसी उर्दूका अनुसार, मुनिरले आफ्नो तेहरान भ्रमणका क्रममा इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्तिको अवस्था र अन्य महत्त्वपूर्ण रणनीतिक मुद्दाहरूमा केन्द्रित रहेर छलफल गर्नेछन्। यसअघि उनी १८ अप्रिलमा पनि तेहरान गएका थिए ।
यसैबिच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्विडेनमा पत्रकारहरूसँग कुरा गर्दै फिल्ड मार्सल मुनिरको तेहरान भ्रमणबारे जानकारी दिएका छन् । रुबियोले आफू मुनिरसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै इरानसँग छिट्टै कुनै सम्झौता हुनेमा आशावादी रहेको बताए ।
इरानले अमेरिकासँगको वार्ता प्रक्रियालाई अगाडि बढाउन आफ्नो टोलीलाई सक्रिय बनाएको छ । वार्ता टोलीका प्रमुख मोहम्मद बकिर कालिबाफले इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईलाई वार्ता टोलीको आधिकारिक प्रवक्ता नियुक्त गरेका छन् । बाकाई यसअघि इस्लामावादमा भएको इरान–अमेरिकाबिचचको पहिलो चरणको वार्तामा इरानी टोलीको सदस्यका रूपमा सहभागी थिए ।
पाकिस्तानका गृहमन्त्री पनि हाल इरान भ्रमणमै रहेका छन् । विगत दुई दिनदेखि दुवै देशका उच्च अधिकारीहरूबिच गम्भीर छलफल भइरहेको छ । इरानी समाचार एजेन्सी फार्सका अनुसार यो वार्ताको मुख्य उद्देश्य इरान र अमेरिकाबिचको मतभेद हटाउने प्रस्तावहरूमाथि छलफल गर्नु हो ।
इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समार्फत जारी वार्तामा केही सकारात्मक सङ्केतहरू प्राप्त भएको जानकारी दिएका छन् । यद्यपि, उनले इरानको युरेनियम भण्डार र होर्मुज जलसन्धिमाथिको नियन्त्रण जस्ता मुख्य विषयहरूमा भने अझै पनि गतिरोध कायम रहेको स्पष्ट पारेका छन् । तनावपूर्ण स्थितिका बावजुद वार्ताको प्रक्रियालाई लिएर आफू आशावादी रहेको अरागचीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण