फुटबलभन्दा बाहिर पेप ग्वार्डिओलाको सामाजिक र राजनीतिक चेत
सारांश
- पेप ग्वार्डिओला म्यानचेस्टर सिटी छाड्दा १७ ट्रफीभन्दा ठुलो सामाजिक र राजनीतिक प्रभावको विरासत छोड्दै छन् ।
- उनले प्यालेस्टिनी बालबालिका, क्याटालोनियाको स्वतन्त्रता, र बेलायतका घरबारबिहीनका समस्या जस्ता विषयहरूमा खुलेर बोलेका छन् ।
- ग्वार्डिओलाले गाजा युद्ध, युक्रेन, सुडान, र आप्रवासन नियन्त्रणका कारण भएका मृत्युहरूबारे पनि चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौँ । पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटी छाड्दै गर्दा उनले १० वर्षमा जितेका १७ ट्रफीभन्दा पनि धेरै ठुलो विरासत छोडेर जाँदै छन् । त्यो हो, फुटबलभन्दा बाहिर फैलिएको सामाजिक र राजनीतिक प्रभावको विरासत ।
उनी केवल फुटबल प्रशिक्षक मात्र होइनन् । उनले आफ्नो ‘हाई–प्रोफाइल’को मञ्च प्रयोग गर्दै आफ्नो मनमा लागेका विभिन्न सामाजिक मुद्दाहरू उठाउँदै आएका छन् ।
लिभरपुलका प्रसिद्ध प्रशिक्षक बिल साङ्क्लीले फुटबललाई ‘जीवन वा मृत्युभन्दा धेरै महत्त्वपूर्ण’ भने पनि, ग्वार्डिओलाका लागि ‘सुन्दर खेल’ बाहिरका धेरै विषयहरू लगभग त्यत्तिकै महत्त्वपूर्ण छन् ।
५५ वर्षीय यी स्पेनी प्रशिक्षक आइतबार म्यानचेस्टर सिटीको प्रशिक्षकत्वबाट अलग हुनेछन् । उनले १० वर्षमा २० ट्रफी जितेका छन् ।
जर्मनी र आफ्नो देश स्पेनमा काम गरिसकेपछि उनी प्रिमियर लिग क्लबमा आएका थिए ।
ग्वार्डिओलाले आफ्नो करियरभर प्यालेस्टिनी बालबालिकादेखि क्याटालोनियाको स्वतन्त्रता आन्दोलन र बेलायतका घरबारबिहिनका समस्या जस्ता विषयहरूमा खुलेर बोलेका छन् ।
उनले बारम्बार आफ्नो पदलाई ‘राम्रो समाजका लागि आवाज उठाउने मञ्च’का रूपमा प्रयोग गर्ने बताएका छन् ।
गाजाको युद्ध र प्यालेस्टाइनप्रतिको समर्थन
पेपको पछिल्लो महत्त्वपूर्ण राजनीतिक अभिव्यक्ति गाजा युद्धसँग सम्बन्धित थियो । इजरायलसँगको दुई वर्ष लामो युद्धमा प्यालेस्टिनी बालबालिकाको अवस्थाप्रति उनले गहिरो सहानुभूति व्यक्त गरेका थिए ।
यो युद्ध २०२३ को अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको थियो । गाजामा कम्तीमा ७२,५६८ जनाको मृत्यु भएको बताइन्छ, जसमा धेरै बालबालिका पनि छन् ।
लाखौँ विस्थापित अझै पनि टेन्टमा बसिरहेका छन्, र अस्थायी युद्धविराम भए पनि अवस्था गम्भीर छ ।
ग्वार्डिओलाले जनवरीमा बार्सिलोनामा भएको ‘याक्ट एक्स प्यालेस्टाइन’ नामक च्यारिटी कार्यक्रममा सहभागी हुन म्यानचेस्टर सिटीको प्रेस कन्फ्रेन्स नै छोडेका थिए । उनले घाँटीमा प्यालेस्टिनी केफियेह (स्कार्फ) लगाएका थिए ।
उनले भनेका थिए, ‘जब म सामाजिक सञ्जाल वा टेलिभिजनमा पछिल्ला दुई वर्षका ती दृश्यहरूमा बालबालिकालाई देख्छु . . . ध्वस्त भवनको बीचमा उभिएर मेरी आमा कहाँ छिन् ?’ भनेर खोजिरहेका . . . म सोच्छु, उनीहरू के सोचिरहेका होलान् ? हामीले उनीहरूलाई एक्लै छाड्यौँ, परित्याग गर्यौँ ।’
विवाद र आलोचना
उनका यी अभिव्यक्तिहरूले व्यापक प्रशंसा पाए पनि केही विवाद पनि निम्त्याए । म्यानचेस्टरको यहुदी समुदायका प्रतिनिधिहरूले उनको टिप्पणीप्रति आपत्ति जनाए ।
ग्रेटर म्यानचेस्टर यहुदी प्रतिनिधि परिषद्ले म्यानचेस्टर सिटीका अध्यक्षलाई पत्र लेख्दै उनका भनाइहरूले यहुदी समुदायको सुरक्षामा जोखिम बढाएको दाबी गरेको थियो ।
तर ग्वार्डिओला आफ्नो अडानबाट पछि हटेनन् ।
यसअघि पनि उनले क्याटालोनियामा राजनीतिक बन्दीहरूको समर्थनमा पहेँलो रिबन लगाएको कारण २०१८ मा फुटबल संघबाट जरिवाना समेत पाएका थिए ।
अन्य युद्ध र मानवीय संकटबारे पनि आवाज
ग्वार्डिओलाले केवल प्यालेस्टाइन मात्र होइन, युक्रेन, सुडान र अमेरिका भित्रका आप्रवासन नियन्त्रण निकाय (आइसीई ) का कारण भएका मृत्युहरूबारे पनि चिन्ता व्यक्त गरेका छन् । उनले एक पत्रकार सम्मेलनमा भनेका थिएः
‘जब तपाईंको विचार हुन्छ र त्यसलाई रक्षा गर्न हजारौँ मानिस मारिन्छन्, म माफी चाहन्छु—म त्यसको विरोधमा उभिन्छु । म सधैँ त्यहाँ हुनेछु ।’
स्थानीय मुद्दाः घरबारबिहीनता र सामाजिक काम
घर नजिकैका समस्याहरूमा पनि उनले ध्यान दिएका छन् । उनको ‘ग्वार्डिओला साला फाउन्डेसन’ ले म्यानचेस्टरमा सैल्भेसन आर्मीको फुटबल प्रतियोगितालाई सहयोग गर्दै आएको छ, जसले बेलायतको घरबारबिहीनका समस्या बारे चेतना जगाउने काम गर्छ ।
उनले भनेका थिए, ‘फुटबलले मानिसहरूलाई एकसाथ जोड्न सक्छ र उनीहरूलाई कठिन व्यक्तिगत चुनौतीहरू पार गर्न मद्दत गर्न सक्छ भन्ने कुरा देख्नु निकै प्रेरणादायी हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण