शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

एमाले सचिवालय बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

आइतबार, १० जेठ २०८३, ०७ : ०१
आइतबार, १० जेठ २०८३

सारांश

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्नेछ ।
  • शनिबार नेताहरूको बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
  • शुक्रबार र शनिबारको बैठकमा अधिकांशले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामाको माग गरेका थिए ।

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । 

शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् । 

शनिबारको बैठकमा  महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए ।

शुक्रबार र शनिबार बोल्ने अधिकांशले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप