टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र (तस्बिरहरू)
सारांश
- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रमा घाँसे मैदान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाएको छ।
- यस परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ र यसको निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- यस हरियाली कार्यक्रमअन्तर्गत टुँडिखेलका चार कुनामा बोरिङ निर्माण, पानी व्यवस्थापन तथा वर्षा पानी पुनर्भरणका लागि ‘वाटर रिचार्ज पिट’ समेत निर्माण गरिनेछ।
काठमाडौँ । टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने काम जारी छ। काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रमा घाँसे मैदान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाएको हो।
महानगरका अनुसार उक्त क्षेत्रमा जमिन सम्म्याएर तीन इन्च मलिलो माटो राखी (बरमुढा ग्रास) दुबो रोपिनेछ। परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ भने २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको जनाइएको छ। निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हरियाली कार्यक्रमअन्तर्गत टुँडिखेलका चार कुनामा बोरिङ निर्माण, पानी व्यवस्थापन तथा वर्षा पानी पुनर्भरणका लागि ‘वाटर रिचार्ज पिट’ समेत निर्माण गरिनेछ। महानगरले टुँडिखेल क्षेत्रमा कुनै स्थायी संरचना निर्माण नगर्ने स्पष्ट पार्दै यसलाई खुला र सार्वजनिक उपयोगकै लागि व्यवस्थित बनाइने जनाएको छ।

महानगरपालिकाका अनुसार धुलो र हिलोको समस्या कम गर्दै सर्वसाधारणलाई आराम, व्यायाम, खेलकुद तथा सार्वजनिक कार्यक्रमका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। निर्माण अवधिमा केही गतिविधिमा अस्थायी असर पर्न सक्ने भए पनि वैकल्पिक रूपमा खुलामञ्च प्रयोग गर्न सकिने जनाइएको छ। तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण