आज परराष्ट्र सेवा दिवस मनाइँदै
सारांश
- परराष्ट्र मन्त्रालयले आज परराष्ट्र सेवा दिवस मनाइरहेको छ ।
- वि.सं. २०१८ जेठ १० गतेका दिन ‘नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरू, २०१८’ तर्जुमा भई नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।
- यो दिवसमा परराष्ट्रको क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्ने गरिएको छ ।
काठमाडौँ । परराष्ट्र मन्त्रालयले आज परराष्ट्र सेवा दिवस मनाइरहेको छ । वि.सं.२०७९ देखि यो दिवस प्रत्येक वर्ष जेठ १० गतेका दिन मनाउने गरिएको हो ।
वि.सं. २०१८ जेठ १० गतेका दिन ‘नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरू, २०१८’ तर्जुमा भई नेपाल राजपत्रमा प्रकाशित भएको थियो । नेपालको निजामती सेवाभित्र परराष्ट्र सेवालाई कानुनी रूपमा प्रवेश गराएको ऐतिहासिक दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले २०७८ फागुनमा हरेक वर्ष जेठ १० गते परराष्ट्र सेवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही अनुरूप २०७९ जेठ १० गते पहिलोपटक औपचारिक रूपमा यो दिवस मनाइएको थियो ।
नेपाली कांग्रेसका नारायण खड्का परराष्ट्र मन्त्री रहेको बेला यो दिवस मनाउन सुरु गरिएको हो ।
यो दिवसमा परराष्ट्रको क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्ने गरिएको छ । आज पनि कर्मचारी तथा त्यस क्षेत्रमा लागेका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण