स्ट्रेट अफ होर्मुज युद्ध अघिको अवस्थामा फर्किँदैन : इरानी सञ्चारमाध्यम
सारांश
- तास्निम न्युज एजेन्सीले अमेरिका र इरानबिच भएको भनिएको सहमतिअनुसार स्ट्रेट अफ होर्मुज युद्ध पूर्वको अवस्थामा नफर्कने जनाएको छ ।
- तास्निमका अनुसार स्ट्रेट अफ होर्मुज यथास्थितिमा नफर्किए पनि त्यहाँबाट आवतजावत गर्ने जहाजहरूको सङ्ख्या भने ३० दिनभित्र युद्धअघिको स्तरमा पुग्न सक्नेछ ।
- यससँगै अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने तथा बाहिरिने जहाजमाथि लगाएको नौसैनिक नाकाबन्दी ३० दिनभित्र 'पूर्ण रूपमा' हट्नुपर्ने माग पनि गरिएको बताइएको छ ।
तेहरान । तास्निम न्युज एजेन्सीले अमेरिका र इरानबिच भएको भनिएको सहमतिअनुसार स्ट्रेट अफ होर्मुज युद्ध पूर्वको अवस्थामा नफर्कने जनाएको छ ।
इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) सँग निकट मानिने उक्त समाचार संस्थाले बिहानभर अमेरिका–इरानबिच भएको सम्झौताका विवरण सार्वजनिक गरिरहेको छ । तर अहिलेसम्म अमेरिकाले कुनै पनि सम्झौताबारे औपचारिक पुष्टि गरेको छैन ।
तास्निमका अनुसार स्ट्रेट अफ होर्मुज यथास्थितिमा नफर्किए पनि त्यहाँबाट आवतजावत गर्ने जहाजहरूको सङ्ख्या भने ३० दिनभित्र युद्धअघिको स्तरमा पुग्न सक्नेछ । समाचारमा इरानले स्ट्रेटमाथि आफ्नो सार्वभौमिक अधिकार कायम राख्ने विषयमा जोड दिएको उल्लेख छ ।
रिपोर्टअनुसार इरानले स्ट्रेटमाथि आफ्नो सार्वभौमसत्ता प्रयोगमा जोड दिएको हो । यससँगै अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने तथा बाहिरिने जहाजमाथि लगाएको नौसैनिक नाकाबन्दी ३० दिनभित्र ‘पूर्ण रूपमा’ हट्नुपर्ने माग पनि गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण