सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

एमाले बैठकमा धारणा राख्ने क्रम सकियो, ओलीद्वारा जवाफ दिन सुरु

आइतबार, १० जेठ २०८३, १५ : ५४
आइतबार, १० जेठ २०८३

सारांश

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले आ-आफ्नो धारणा राख्ने क्रम सकिएको छ।
  • उपाध्यक्ष रामबहादुर थापा बादलबाट सुरु भएको धारणा राख्ने क्रममा सचिव खगराज अधिकारीले अन्तिममा बोलेका थिए।
  • अधिकांश सदस्यहरूले पार्टी पुनर्गठन र समयानुकूल नेतृत्व परिवर्तनमा जोड दिएका छन्, तर अध्यक्ष ओली नेतृत्व छाड्न अनिच्छुक छन्।

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । 

शुक्रबार उपाध्यक्ष रामबहादुर थापा बादलबाट सुरु भएको धारणा राख्ने क्रम आइतबार गण्डकीका पूर्वमुख्यमन्त्री समेत रहेका सचिव खगराज अधिकारीले बोलेपछि सकिएको हो । 

आइतबार अधिकारीसहित, शेरधन राई, यमलाल कँडेल र भानुभक्त ढकालले आआफ्नो धारणा राखे। उनीहरुले अन्य पदाधिकारीजस्तै पार्टी पुनर्गठनको पक्षमा जोड दिँदै पार्टीलाई एकताबद्ध र बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । 

अन्तिममा अधिकारीले धारणा राखेपछि ‘खाजा ब्रेक’ गरिएको गुण्डु स्रोतले जनाएको छ । 

‘सदस्यहरूले धारणा राख्ने क्रम सकेर, अध्यक्षले जवाफ दिन थाल्नु भएको छ’, स्रोतले भन्यो, ‘अध्यक्षले जवाफ दिइसकेर बैठक सक्ने तयारी छ ।’

१९ सदस्यीय एमाले सचिवालय बैठकमा बहुमत सदस्यहरूले पार्टी पुनर्गठनमा जोड दिँदै समयानुकूल नेतृत्व परिवर्तन गरेर अघि नबढे एमालेको साख जोगाउन नसकिने बताएका छन् । 

तर अध्यक्ष ओलीले भने आफू नेतृत्व छाड्न अनिच्छुक रहेको बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप