बागमती नदीमा डुबेर दुई जनाको मृत्यु
आइतबार, १० जेठ २०८३, १६ : ५४
सारांश
- रौतहट र सिन्धुलीको सीमा स्थित बागमती नदी किनारमा सर्लाहीका दुई युवाको शव भेटिएको छ ।
- घरबाट घुम्न गएका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतोको नदी तर्ने क्रममा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
- प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएको छ र घटनाबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । रौतहट र सिन्धुलीको सीमा स्थित बागमती नदी किनारमा दुई जनाको शव भेटिएको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुर घर भएका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोल बस्ने २० वर्षीय गणेश महतो छन् ।
जेठ ९ मा घरबाट घुम्न गएका उनीहरूको शव बागमती किनारामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए । नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी राईले जानकारी दिए ।
सँगै गएका अरू ३ जना सकुशल फर्किएका छन् । इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूको शव नदीबाट निकालेर पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण