कान्समा ऐतिहासिक सफलता : ‘एलिफेन्ट्स इन द फग’ लाई सरकारले सम्मान गर्ने
सारांश
- कान्स फिल्म फेस्टिभलमा 'जुरी प्राइज' जित्ने चलचित्र ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई सरकारले स्वागत तथा सम्मान गर्ने भएको छ।
- सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले संयुक्त रूपमा यो सम्मानको आयोजना गरेका हुन्।
- अविनाशविक्रम शाह निर्देशित यस फिल्मले कान्सको 'अन सर्टेन रिगार्ड' विधामा जुरी प्राइज जितेको छ।
काठमाडौँ । फ्रान्समा आयोजित प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा 'जुरी प्राइज' विधा जितेर स्वदेश फर्किन लागेको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई सरकारले स्वागत तथा सम्मान गर्ने भएको छ।
यो ऐतिहासिक सफलता हासिल गरेको चलचित्र टोलीलाई सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले संयुक्त रूपमा स्वागत तथा सम्मान गर्न लागेका हुन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले एक सूचना जारी गर्दै सोमबार बिहान टोलीलाई विमानस्थलमा स्वागत गरिने जानकारी दिएका छन्। कान्समा फिल्म प्रिमियरको पूर्वसन्ध्यामा सञ्चारमन्त्री विक्रम तिमल्सिना र बोर्डले छुट्टाछुट्टै विज्ञप्तिमार्फत फिल्मको टोलीलाई बधाई तथा शुभकामना दिएका थिए।
कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा अविनाशविक्रम शाह निर्देशित यस फिल्मले जुरी प्राइज जितेको हो। यो फिल्मलाई लिएर 'भेराइटी'सहितका प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म म्यागेजिनहरूले पनि विशेष प्रशंसा गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण