दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ ।
- प्रसाईं विरुद्ध विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा सजाय माग गरिएको छ ।
- प्रसाईंले युट्युबमा महिला, सेना, प्रहरी र केही राजनीतिक व्यक्तिहरूविरुद्ध दिएका अभिव्यक्तिहरूलाई अनुसन्धानको आधार बनाइएको छ ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिल कार्यालयले सोमबार उनीविरुद्ध अभियोग दायर गरेको हो ।
जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी लिइएको छ ।
प्रसाईंलाई अदालतमा उपस्थित गराएसँगै उनका समर्थकहरूले पर्सा जिल्ला अदालत अगाडी नाराबाजी गरेछन् । विभिन्न युट्युब च्यानल र वीरगन्ज पुगेपछि प्रसाईंले दिएका अभिव्यक्तिलाई प्रहरीले अनुसन्धानको आधार बनाएको छ । प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
उनले एउटा युट्युब च्यानलसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई चलाउने ‘एउटै टिम’ भएको जिकिर गरेका छन् । हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्न तयार भए बालेन्द्र शाहको फोटो घरमा राख्ने पनि उनले उल्लेख गरेका छन् ।
त्यस्तै सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले अश्लील टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण