वैशाख महिनामा कर्णाली सरकारको आन्तरिक आम्दानी झण्डै १२ करोड
सुर्खेत । कर्णाली प्रदेश सरकारले वैशाख महिनामा झण्डै १२ करोड आम्दानी गरेको छ ।प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार, वैशाख महिनाका सरकारको आन्तरिक आम्दानी ११ करोड ९३ लाख ७९ हजार बराबर रहेको हो ।
सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३) को चैत्र मसान्तसम्म ४८ करोड ३ लाख ९५ हजार ८६२.५८ रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो ।वैशाख मसान्तसम्म आउँदा ५९ करोड ९७ लाख ७५ हजार ०५१.४७ रुपैयाँ पुगेको लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले बताए ।
बजेट कार्यान्वयनमा कमजोर गति भएको भन्दै आलोचना खेपिरहेको कर्णाली सरकारले आन्तरिक आम्दानीमा भने यो वर्ष सुधार ल्याइरहेको छ ।चालु आर्थिक वर्ष ९६ करोड ७४ लाख ११ हजार आन्तरिक आम्दानी गर्ने प्रदेश सरकारको लक्ष्य छ । सोही लक्ष्यलाई आधार बनाएर चालु आर्थिक वर्षमा झन्डै ३३ अर्बको बजेट ल्याइएको थियो ।
असार मसान्तसम्म बजेटमा राखिएको लक्ष्य भेट्टाउन नसके पनि विगतका वर्षको तुलनामा यो वर्ष धेरै आम्दानी हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ राजस्व अधिकृत गणेशबहादुर चन्दले बताए ।
उनका बुझाइमा गत वर्षको तुलनामा यो वर्ष ८–१० करोड बढीले आन्तरिक आम्दानीमा सुधार आउने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण