‘रास्वपाले संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ?’
मङ्गलबार, १२ जेठ २०८३, १४ : ३८
सारांश
- नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानको चीरहरण गरी बालेनतन्त्र स्थापना गर्न खोजेको हो भनी प्रश्न गरेका छन्।
- महरले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीले सदनमा आउनुपर्ने र सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै विपक्षीले अवरोध गरेपछि यस्तो बताएका हुन्।
- उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा जवाफ दिनुपर्ने र सदनको कारबाही अगाडि नबढाउन माग गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन्। मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद महरले यस्ताे बताएका हुन् ।
प्रधानमन्त्री सदनमा आउनुपर्ने र सांसदका प्रश्नको जवाफ दिन माग गर्दै विपक्षीहरूले अवरोध गरेपछि सभामुखले बोल्न दिएको समयमा सांसद महरले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा जवाफ दिनुपर्ने बताए ।
उनले प्रश्न गर्दै भने, ‘संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?'
उनले सदनको कारबाही अगाडि नबढाउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण