पर्यटन मन्त्रालयअन्तर्गतका १७ निकायका रिक्त पदमा ४ हजारभन्दा बढीले दिए आवेदन
सारांश
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका १७ निकायहरूमा रिक्त पदका लागि ४ हजार ३ सय ४८ जनाले आवेदन दिएका छन् ।
- कुल आवेदकमध्ये ३ हजार ४ सय १४ पुरुष, ९ सय २१ महिला र १३ जना अन्य लैंगिक पहिचान भएका व्यक्तिहरू छन् ।
- सबैभन्दा धेरै आवेदन नेपाल पर्यटन बोर्डमा ८ सय ५५ जनाले दिएका छन् भने दोस्रो धेरै आवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा ५ सय ७८ जनाले दिएका छन् ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न १७ वटा निकायहरूमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा सहभागी हुन ४ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
तोकिएको समयसीमाभित्र कुल ४ हजार ३ सय ४८ जनाको आवेदन प्राप्त भएको मन्त्रालयले मंगलबार जनाएको छ ।
मन्त्रालयले वैशाख ३१ गते रोष्टर सूचीका लागि आवेदन आह्वान गरेको थियो भने जेठ ६ गतेसम्म आवेदन दिने अन्तिम म्याद तोकेको थियो ।
कुल आवेदकमध्ये ३ हजार ४ सय १४ जना पुरुष रहेका छन् भने महिला आवेदकको संख्या ९ सय २१ रहेको छ । त्यस्तै, अन्य लैंगिक पहिचान भएका १३ जनाले पनि आवेदन दिएका छन् ।
निकायगत रूपमा सबैभन्दा धेरै आकर्षण नेपाल पर्यटन बोर्डमा देखिएको छ । बोर्डका लागि कुल ८ सय ५५ जनाले आवेदन दिएका छन् । दोस्रो धेरै आवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा परेको छ, जहाँ ५ सय ७८ जनाले आफ्नो विवरण पेस गरेका छन् ।
त्यसैगरी, पशुपति क्षेत्र विकास कोषका लागि ४ सय ७६ जना र लुम्बिनी क्षेत्र विकास कोषका लागि ४ सय ६५ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालय मातहतका विभिन्न प्रज्ञा प्रतिष्ठानहरूमा पनि आवेदकहरूको उल्लेख्य सहभागिता छ । नेपाल प्रज्ञा प्रतिष्ठानका लागि ४ सय ३८ जना, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लागि १ सय ९६ जना र ललितकला प्रज्ञा प्रतिष्ठानका लागि १ सय ६६ जनाले आवेदन दिएका छन् ।
यस्तै, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा १ सय ८६, सांस्कृतिक संस्थानमा १ सय ५१ र नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) का लागि १ सय ४९ जनाले आवेदन दिएका छन् ।
अन्य निकायहरूमध्ये बौद्धनाथ क्षेत्र विकास समितिमा १ सय ३४, तारा गाउँ विकास समितिमा १ सय ९, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिमा १ सय २, हनुमानढोका दरबार संग्रहालय विकास समितिमा १ सय, पाटन संग्रहालय विकास समितिमा ९९, देवघाट क्षेत्र विकास समितिमा ९८ र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४६ जनाको आवेदन परेको छ ।
मन्त्रालयका अनुसार हाल प्राप्त भएका सबै आवेदनहरूको मूल्याङ्कन समितिद्वारा अध्ययन र छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण