टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो
काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन (वाइटिटिएम) अन्तरराष्ट्रिय प्रशिक्षण शिविरअन्तर्गत आयोजित वाइटिटिएम टेबलटेनिस च्याम्पियनसिपमा नेपालकी योङ्गी पौडेलले पहिलो स्थान हासिल गरेकी छन् ।
यही जेठ २ देखि १२ गतेसम्म दक्षिण कोरियाको इन्चोनमा भएको उक्त च्याम्पियनसिपमा नेपालकी युवा खेलाडी योङ्गी पौडेलले यू–१९ विधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकोे अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्ष ज्याकी महर्जनको भनाइ छ ।
प्रथम स्थान हासिल गरेकी पौडेललाई सन् १९८८ की ओलम्पिक स्वर्ण पदक विजेता तथा दक्षिण कोरियाकी चर्चित टेबलटेनिस खेलाडी याङ योङ जाले पुरस्कार तथा सम्मान प्रदान गरेको अखिल नेपाल टेबलटेनिस सङ्घले जनाएको छ ।
योङ्गीले पुरस्कारस्वरूप रु १५ हजारका साथै टेबलटेनिस रबर तथा अन्य खेल सामग्री प्राप्त गरेकी छन् । त्यसैगरी, नेपाली टोलीका रिजन शाक्य, रिभानमुनि बज्राचार्य, प्राज्ना महर्जन र सुरम्या शाक्य सहभागी रहेको टोली इभेन्टमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । विजेता टोलीलाई रु ४० हजारसहित टेबलटेनिस रबर तथा अन्य खेल सामग्री प्रदान गरिएको थियो ।
नेपालबाट यू–१३ तर्फ रिभानमुनि बज्राचार्य र प्राज्ञा महर्जन, यू–१६तर्फ रिजन शाक्य र सुरम्या शाक्य तथा यू–१९ तर्फ हिमाल बिष्ट र योङ्गी पौडेल सहभागी भएका थिए ।
प्रशिक्षणका दौरान खेलाडीहरूले दक्षिण कोरियाको राष्ट्रिय प्रशिक्षण केन्द्रको अवलोकन गरेका थिए । अवलोकनका क्रममा उनीहरूले कोरियाका थुप्रै राष्ट्रियस्तरका खेलाडीहरूसँग भेटघाट तथा अनुभव आदानप्रदान गर्ने अवसर पाएका थिए । प्रतियोगितामा नेपाल, फिलिपिन्स, लाओस र मङ्गोलियालगायत विभिन्न देशका प्रशिक्षार्थी खेलाडीहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण