छात्रवृत्तिका लागि २६ हजार आठ सय ८८ विद्यार्थीको आवेदन
मङ्गलबार, १२ जेठ २०८३, १८ : १०
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भरेका छन्।
आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको महानगरले जानकारी दिएको छ । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ।
आवेदकमध्ये विज्ञान विषयका लागि १८ हजार ९९६ व्यवस्थापनमा सात हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जना छन् ।
अनलाइन प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ। हालसम्म ८४ आवेदन अस्वीकृत भएको छ। नाम सिफारिस भएका विद्यार्थीले कक्षा ११–१२ मा कुनै प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण