मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सहदेव चौधरीले ल्याए संगीता राना प्रधानको स्वरमा ‘चोखो माया’

मङ्गलबार, १२ जेठ २०८३, १८ : ४७
मङ्गलबार, १२ जेठ २०८३

काठमाडौँ । सञ्चारकर्मी सहदेव चौधरीको शब्द रचना रहेको गीत ‘चोखो माया’को भिडियो सार्वजनिक भएको छ । अडियो प्लेटफर्ममा यसअघि नै सार्वजनिक भइसकेको गीतमा संगीता राना प्रधानको स्वर र जुगल डंगोलको संगीत तथा एरेन्ज छ । 

म्युजिक ब्यान्डको सेटिङमा निर्माण गरिएको गीतको भिडियोमा गायिका रानासहित गिटारिस्ट दीपेश सिंह,  बेस गिटारिस्ट विजय बज्राचार्य,  ड्रमर अनुप महर्जन,  तबला बादक कुलप्रसाद महर्जन र बाँसुरी बादक कृष्ण गुरूङ फिचर्ड छन् । 

गीतले प्रेम आग्रहको भाव व्यक्त गर्छ । भिडियोको छायांकन नारायण गुरूङ र कृष्ण राणाले गरेका छन् भने सम्पादन तथा कलर संयोजन माधव बेल्वासेको छ । गीत आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको हो । 

लामो समयदेखि पत्रकारितामा आवद्ध चौधरी यदाकदा साहित्य सिर्जना समेत गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप