बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

रास्वपाबाट कांग्रेस प्रवेश गरेकी ममता शर्मा केन्द्रीय सदस्यमा मनाेनीत

मङ्गलबार, १२ जेठ २०८३, १९ : ४७
मङ्गलबार, १२ जेठ २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी ममता शर्मा (बारा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो।

चुनावका बेलामा रास्वपा छोडेर कांग्रेस प्रवेश गरेकी शर्मालाई मंगलबार कांग्रेसले केन्द्रीय समिति सदस्य बनाएको हाे। 

शर्मा रास्वपा मधेस प्रदेशकी संस्थापक अध्यक्ष समेत थिइन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप