सरकारी कामकाजको भाषा बन्यो ‘लिम्बू भाषा’
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई मङ्गलबारदेखि सरकारी कामकाजी भाषाका रूपमा लागू गरेको छ ।
वि.स. २०८३ वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषामा कार्यान्वयनमा ल्याइएको हो ।
माङसेबुङ गाउँपालिकाले नेपालको संविधानको धारा, ३, ६, ७ (२) तथा धारा ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रूपमा कार्यान्वयन गरिएको हो ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाका रूपमा लागू भएको घोषणापत्र वाचन गरी औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो ।
माङसेबुङ गाउँपालिकामा बहुसङ्ख्यक नागरिकले बोल्ने ‘लिम्बू भाषा’ (किरात सिरिजङ्गा लिपिमा लेखिने) भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष राईले बताए ।
‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा घोषणासँगै माङसेबुङ गाउँपालिका र साम्जिक मुन्धुम आधारभूत विद्यालयबीच विद्यालय मर्मत सम्भारको योजना नेपालीसँगै ‘लिम्बू भाषा’ र ‘किरात सिरिजङ्गा लिपि’ मा लेखिएको सम्झौतापत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको थियो ।
सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासीय अधिकृत बुद्धिप्रसाद खतिवडा र विद्यालयका तर्फबाट प्रधानाध्यापकको कल्पना लिम्बूले हस्ताक्षर गरे । “यहाँको बहुसङ्ख्यक जिम्बू जातिले बोल्ने ‘लिम्बू भाषा’लाई हामीले आजदेखि माङसेबुङमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याएका छौँ,” अध्यक्ष राईले भने ।
गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले ७५३ मध्ये ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा प्रयोगमा ल्याउने पहिलो पालिका भएको दाबी गरे। ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा लागू भएपछि सरोकारवालाहरुसमेत उत्साहित भएका छन् ।
किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले ‘लिम्बू भाषा’ कामकाजको भाषा घोषणा हुनु समग्र मातृभाषीहरुको लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई जातिको बसोबास छ । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले विसं २०७५ साल मङ्सिर १३ देखि ५ नं वडा कार्यालयमा ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रूपमा घोषणा गरी लागू गरिसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण