१७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको छ ह्वेल, फोटो भाइरल
शुक्रबार, २५ साउन २०७५, ११ : २९
वासिङ्टनमा एक ह्वेल १७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको भेटिएको छ ।
ह्वेलको यो फोटो संसारभरी भाइरल भइरहेको । समुन्द्री जीवको अध्ययन गर्ने माइकल मिलस्टिनका अनुसार शोधकर्ताले बुधबार जे३५ नाम दिइएको २० वर्षे ह्वेललाई वासिङ्टनको ओलम्पिक पेनिन्सुला नजिकै आफ्नो मृत बच्चालाई बोक्दै घुमिरहेको देखिएको थियो ।
ह्वेलको बच्चाको गत जुलाई २४ तारिखमा मृत्यु भएको थियो । माइकल मिलिस्टिनका अनुसार अर्को एक ह्वेलको बिरामी बच्चा पनि देखिएको छ । उक्त समूहले त्यसको खोजीमा जुटेको बताएको छ । ह्वेलको बिरामी बच्चा आफ्नो आमासँग बुधबार पौडी खेलिरहेको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण