सङ्घीय संसद्काे दुवै सदनको बैठक आज बस्दै , यस्ता छन् कार्यसूची
सारांश
- सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्ने भएको छ ।
- प्रतिनिधिसभा बैठकमा अभौतिक सांस्कृतिक सम्पदा विधेयक टेबुल गरिनेछ र अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।
- राष्ट्रियसभा बैठकमा चलचित्र विधेयकमाथि विचार गरिनेछ र अर्थमन्त्रीले वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि प्रस्ताव प्रस्तुत गर्नेछन् ।
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बुधबार) छुट्टाछुट्टै समयमा बस्ने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
आजै राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । साथै, मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
त्यसैगरी प्रतिनिधिसभा अन्तर्गतकै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आजै बिहान बस्ने भएको छ । किसानलाई रासायनिक मलको सहज एवं सुलभ आपूर्तिका विषयमा केन्द्रित रहेर समितिले छलफल गर्न लागिएको सचिवालयले जनाएको छ ।
बैठकमा रासायनिक मलको वर्तमान मौज्दात, वितरण प्रणाली र भावी योजनाका सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल गरिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण