असारे गीत ‘ज्यानको तिर्खा’मा विपिन, केकी र गरिमाको अभिनय
सारांश
- प्रदर्शित फिल्म ‘काजी’ले असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक गरेको छ ।
- गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत र रचना रिमाल तथा सिवाकोटीकै स्वर छ ।
- भिडियोमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारले रोपाइँको सेटमा अभिनय गरेका छन् ।
काठमाडौँ । प्रदर्शनरत फिल्म ‘काजी’ले असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक गरेको छ । निर्माण युनिटले अहिलेसम्म लुकाएर राखेको यो गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा रचना रिमाल र संगीतकार सिवाकोटीकै स्वर छ ।
गीतको भिडियोमा कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी लगायका देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको काजी रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । राम प्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा फिल्मले ग्रामीण परिवेशको भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको छ । फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन छ । फिल्मका निर्माता नेहान रिजाल, विकाशराज जोशी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण