भियतनाममा १.५ अर्ब डलरको चिप परीक्षण कारखाना खोल्दैछ सामसङ
सारांश
- सामसङ इलेक्ट्रोनिक्सले भियतनाममा करिब १.५ अर्ब अमेरिकी डलर लगानी गरी सेमिकन्डक्टर (चिप) परीक्षण कारखाना खोल्ने योजना बनाएको छ ।
- यो कारखाना नोभेम्बर २०२७ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य छ र यसले डीर्याम तथा एनएएनडी मेमोरी चिपहरूको आपूर्ति बढाउने अपेक्षा गरिएको छ ।
- सामसङले भियतनाममा यसअघि २३ अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ ।
हानोई । सामसङ इलेक्ट्रोनिक्सले भियतनाममा झन्डै ३९० खर्ब डोंग (लगभग १ अर्ब ५० करोड अमेरिकी डलर) लगानी गरेर भियतनाममा सेमिकन्डक्टर (चिप) परीक्षण कारखाना बनाउने योजना बनाएको छ । रोयटर्सले हेरेको प्रस्ताव दस्ताबेजअनुसार यो विस्तार विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी माग बढेसँगै उत्पन्न मेमोरी चिप अभाव कम गर्न सहयोगी हुने अपेक्षा गरिएको छ ।
नयाँ कारखाना हानोईबाट करिब ६० किलोमिटर उत्तरमा रहेको औद्योगिक क्षेत्रमा निर्माण भइरहेको छ । दस्ताबेजअनुसार कारखानाले नोभेम्बर २०२७ देखि सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ । यो भियतनाममा सामसङको पहिलो चिप परीक्षण कारखाना हुनेछ । एआई डेटा सेन्टर सञ्चालकहरूको तीव्र मागका कारण डीर्याम र एनएनएन्डी जस्ता मेमोरी चिपहरूको आपूर्ति विश्वभर दबाबमा परेको छ, जसले स्मार्टफोन, ल्यापटप तथा अटोमोबाइल उद्योगमा समेत असर पारेको छ ।
प्रस्तावअनुसार कारखानाले मुख्य रूपमा परम्परागत चिप उत्पादनमा ध्यान दिनेछ । यस्ता चिपहरू एआई आपूर्ति शृङ्खलाका लागि अत्यधिक महत्त्वपूर्ण नभए पनि, प्रमुख उत्पादकहरूले आफ्नो उत्पादन क्षमता एआई चिपतर्फ मोडेकाले परिपक्व मेमोरी चिप्सको अभाव पनि बढिरहेको छ । दस्ताबेजमा उल्लेख भएअनुसार नयाँ प्लान्टले वार्षिक रूपमा १ खर्ब ५३ अर्ब ३० करोड गिगाबिट (जीबी) डीर्याम चिप तथा २ खर्ब ५५ अर्ब ६० करोड जीबी एनएएनडी मेमोरी चिप आपूर्ति गर्न सक्ने क्षमता राख्नेछ । यो प्रस्ताव वातावरणीय अनुमति प्राप्त गर्न स्थानीय प्रशासनसमक्ष पेश गरिएको थियो । सामसङले लगानीको आकार, उत्पादन क्षमता र समयरेखाबारे टिप्पणी गरेको छैन ।
भियतनामी अधिकारीहरूले मार्चमा लगानी अनुमोदन गरेका थिए । सामसुङले सम्भावित दोस्रो कारखानाको लागि परियोजनाबाट कुनै नाफा भएमा साढे २ अर्ब डलरसम्म पुनः लगानी गर्ने योजना बनाएको कागजातले भनेको छ । कारखानाले आवश्यक सबै अनुमतिहरू प्राप्त गरिसकेको छ कि छैन वा अधिकारीहरूसँग वार्ता अझै जारी छ कि छैन भन्ने कुरा स्पष्ट छैन । भियतनामका कम्पनीहरूले प्रायः वातावरणीय अनुमतिहरू पर्खिरहेको बेला निर्माण स्थलहरूमा प्रारम्भिक जग्गा काम सुरु गर्छन् ।
कम्तीमा अप्रिलदेखि २०० भन्दा बढी सामसङ इन्जिनियरहरू र कर्मचारीहरू परियोजना स्थलमा काम गरिरहेको विषयमा जानकारी दिने एक व्यक्तिले बताएका छन् । दक्षिण कोरिया भियतनामको सबैभन्दा ठुलो विदेशी लगानीकर्ता हो । गएका दशकमा यसले भियतनाममा २३ अर्ब डलर भन्दा बढीको लगानी प्रतिबद्धता गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण