इरान समर्थित ह्याकरहरूले लस एन्जलसको सार्वजनिक यातायात प्रणाली ह्याक गरेको दाबी
सारांश
- इजरायली साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले लस एन्जलसको सार्वजनिक यातायात प्रणालीमा भएको साइबर आक्रमणमा इरानी ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन् ।
- ग्याम्बिट सेक्युरिटीका अनुसार ह्याकरहरूले कम्तीमा ७०० गिगाबाइट बराबरको डाटा चोरी गरेका थिए र आक्रमणको डिजिटल प्रमाण इरानसँग जोडिएको ह्याकिङ अभियानसँग मेल खाएको पाइएको छ ।
- इरान समर्थक 'अबाबिल अफ मिनाब' नामक समूहले आक्रमणको जिम्मेवारी लिएको छ, जसलाई इरानी साइबर गुप्तचर निकायसँग सम्बन्धित 'कट-आउट' सङ्गठन हुनसक्ने आरोप लगाइएको छ ।
तेल अभिभ । मार्च महिनामा लस एन्जलसको सार्वजनिक यातायात प्रणालीमा भएको साइबर आक्रमणमा इरानी ह्याकरहरूको संलग्नता रहेको पाइएको इजरायली साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।
उक्त आक्रमणका कारण लस एन्जलस काउन्टीको महानगरीय यातायात प्राधिकरणले आफ्नो नेटवर्कका केही भाग बन्द गर्नुपरेको थियो । ग्याम्बिट सेक्युरिटी नामक तेल अभिभस्थित साइबर सुरक्षा कम्पनीका अनुसार सो घटनामा ह्याकरहरूले कम्तीमा ७०० गिगाबाइट बराबरको इमेल, ब्याकअप र अन्य फाइलहरू चोरी गरेका थिए ।
कम्पनीका अनुसार ती डाटा अनलाइनमा गल्तीवश सार्वजनिक भएपछि अनुसन्धान गर्दा आक्रमणको डिजिटल प्रमाण पहिले नै इरानसँग जोडिएको ह्याकिङ अभियानसँग मेल खाएको पाइएको हो ।
इरान समर्थक ‘अबाबिल अफ मिनाब’ नामक समूहले यस आक्रमणको जिम्मेवारी लिएको थियो । समूहको नाम इरानको मिनाब सहरमा एउटा विद्यालय १७५ जना छात्राको ज्यान जाने गरी भएको बम विस्फोटसँग सम्बन्धित रहेको बताइएको छ ।
अमेरिकी र इजरायली अनुसन्धानकर्ताहरूले यस्ता समूहहरूलाई इरानी साइबर गुप्तचर निकायसँग सम्बन्धित ‘कट–आउट’ सङ्गठन हुनसक्ने आरोप लगाउँदै आएका छन् । सो घटनाका ह्याकरहरूको इरानसँग सम्बन्ध रहेको आशङ्का पहिलेदेखि नै भए पनि अहिलेको अनुसन्धानले त्यसलाई समर्थन गर्ने फरेन्सिक प्रमाण उपलब्ध गराएको ग्याम्बिटका निर्देशक इयाल सेलाले बताएका छन् ।
लस एन्जलस काउन्टीको महानगरीय यातायात प्राधिकरण चाहिँ घटनाको अनुसन्धान जारी रहेकाले आक्रमणको स्रोतबारे अनुमान नगर्ने जनाएको छ । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले पनि घटनाबारे जानकारी रहेको र सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको बताएको छ ।
मार्च १६ तिर पत्ता लागेको उक्त साइबर आक्रमणपछि रेल वा बस सेवा प्रत्यक्ष रूपमा अवरुद्ध नभए पनि यात्रु सूचना स्क्रिनहरू बन्द भएका थिए र ट्रान्जिट कार्डमा रकम जम्मा गर्ने प्रणाली प्रभावित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण