शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

देशभरका सरकारी अस्पतालमा डायलाइसिस मेसिन थप्न सांसद सिद्धिकीको माग

बुधबार, १३ जेठ २०८३, १२ : ५३
बुधबार, १३ जेठ २०८३

सारांश

  • सांसद सिद्धिकीले देशभरका सरकारी अस्पतालमा डायलाइसिस मेसिन थप्न माग गरेकी छन्।
  • राप्ती प्रादेशिक अस्पतालमा मेसिन अभावले बिरामीहरूले काठमाडौँ धाउनुपर्ने बाध्यता रहेको उनले बताइन्।
  • उनले देशभरका अस्पतालमा मेसिनको आवश्यकताबारे अध्ययन गरी तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिइन्।

काठमाडौँ । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालहरूमा डायलाइसिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न सरकारसँग माग गरेकी छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद सिद्धिकीले राप्ती प्रादेशिक अस्पतालमा डायलाइसिस मेसिनको अभावका कारण बिरामीहरूले ठुलो सास्ती भोग्नुपरेको प्रति सरकारको ध्यानाकर्षण गराएकी हुन्। 

मेसिनको अभावले गर्दा बिरामीहरू उपचारका लागि काठमाडौँ आउनुपर्ने बाध्यता रहेको र यसले गर्दा उनीहरूमाथि ठुलो आर्थिक भार थपिएको उनले बताइन्। उनले बिरामी र उनीहरूका परिवारको यो समस्यालाई मध्यनजर गर्दै देशभरका कुन–कुन अस्पतालमा मेसिनको आवश्यकता छ भन्नेबारे तत्काल अध्ययन गर्न सरकारलाई सुझावसमेत दिइन्।

बैठकमा बोल्दै सांसद सिद्धिकीले भनिन्, ‘सेवा प्रवाह, नागरिकको भलाइ र अधिकारको संरक्षणको सन्दर्भमा मानव अधिकारको प्रत्याभूति हुनुपर्दछ। तर राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको कमीले बिरामीहरू आर्थिक समस्या झेल्दै काठमाडौँ धाउनुपर्ने अवस्था छ।’

उनले सभामुखमार्फत नेपाल सरकारलाई अनुरोध गर्दै आगामी दिनमा देशका सबै सरकारी अस्पतालहरूमा आवश्यकता अनुसार डायलाइसिस मेसिन तत्काल उपलब्ध गराउन माग गरेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप