हमासको सैन्य शाखाका नयाँ प्रमुख गाजा आक्रमणमा मारिएको दाबी
सारांश
- इजरायलले प्यालेस्टिनी सशस्त्र समूह हमासको सैन्य शाखाका कमाण्डर मोहम्मद ओदेह गाजा सहरमा हवाई आक्रमणमा मारिएको दाबी गरेको छ ।
- स्थानीय स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीहरूका अनुसार मंगलबारको ठूलो आक्रमणमा कम्तीमा तीन जना प्यालेस्टिनी मारिएका छन् भने दर्जनौँ घाइते भएका छन् ।
- इजरायली रक्षा बल (आर्एडीएफ) र शिन बेत सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै मोहम्मद ओदेह लुकेर बसेको भनिएको भवनलाई निशाना बनाइएको जनाएको छ ।
तेल अभिभ । प्यालेष्टिनी सशस्त्र समूह हमासको सैन्य शाखाका कमाण्डर मोहम्मद ओदेह गाजा सहरमा गरिएको हवाई आक्रमणमा मारिएको दाबी इजरायलले गरेको छ ।
यो घटना ओदेहका पूर्ववर्ती कमाण्डरको केही दिनअघि यस्तै आक्रमणमा मृत्यु भएको घटनापछि आएको हो ।
स्थानीय स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीहरूका अनुसार मंगलबारको ठूलो आक्रमणमा कम्तीमा तीन जना प्यालेस्टिनी मारिएका छन् भने दर्जनौँ घाइते भएका छन्। आक्रमण गाजा शहरको अत्यन्त व्यस्त बजार क्षेत्रमा रहेको आवासीय भवनमा गरिएको थियो ।
इजरायली रक्षा बल (आर्एडीएफ) र शिन बेत सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै मोहम्मद ओदेह लुकेर बसेको भनिएको भवनलाई निशाना बनाइएको जनाएको छ ।
उनीहरूको भनाइ अनुसार महिनौँदेखि गोप्य निगरानीमार्फत ओदेहको गतिविधि ट्र्याक गरिएको थियो । हामासले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
अक्टोबरदेखि गाजामा युद्ध विराम लागू छ । तर इजरायलले गाजामा घातकआक्रमण रोकेको छैन । पछिल्लो आक्रमण यसैको एउटा घटना हो । आक्रमण अल–कायालीस्थित भवनको माथिल्ला तीन तलामा केन्द्रित थियो । मुस्लिम पर्व इद अल(अधाअघि बजार क्षेत्रमा ठूलो भीडभाड रहेको बेला मिसाइल प्रहार भएको बताइएको छ ।
आईडीएफ र शिन बेतले ओदेहसँग निकट सम्बन्ध भएका अर्का हमास सदस्यको अपार्टमेन्टलाई पनि निशाना बनाएको जनाइएको छ । उक्त व्यक्ति सन २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको हमलामा सहभागी रहेको आरोप लगाइएको छ । उद्धार टोलीहरूले घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सुरु गरे पनि भवनमा ठूलो क्षति र भीडका कारण माथिल्ला तलामा पुग्न कठिन भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार कम्तीमा पाँचवटा मिसाइल फरक–फरक दिशाबाट लगभग एकै समयमा प्रहार गरिएको थियो । घटनास्थलका भिडियोहरूमा एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू भग्नावशेषमा खोजी गरिरहेको तथा वरिपरि ठूलो भीड जम्मा भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण