३६ लाख ४१ हजारले पाए सामाजिक सुरक्षा भत्ता, लाभग्राहीमध्ये झण्डै आधा ज्येष्ठ नागरिक
सारांश
- चालु आर्थिक वर्षको फागुनसम्म देशभर कुल ३६ लाख ४१ हजार ८ सय ४४ जना नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
- कुल लाभग्राहीमध्ये ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको संख्या १६ लाख ८० हजार ६६ रहेको छ, जुन कुल लाभग्राहीको ४६.१४ प्रतिशत हो ।
- सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन सबै स्थानीय तहमा बैंकिङ प्रणाली लागू गरिएको छ र हाल सबै लाभग्राहीको भत्ता बैंक खातामार्फत नै भुक्तानी हुने गरेको छ ।
काठमाडौँ । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो हुँदै गएको छ।
सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर कुल ३६ लाख ४१ हजार ८ सय ४४ जना नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
कुल लाभग्राहीमध्ये ज्येष्ठ नागरिकको संख्या सबैभन्दा ठुलो देखिएको छ । प्रतिवेदन अनुसार ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक मात्रै १६ लाख ८० हजार ६६ जना (कुल लाभग्राहीको ४६.१४ प्रतिशत) रहेका छन् ।
यस्तै, ६० वर्ष पुगेका दलित ज्येष्ठ नागरिकको संख्या १ लाख ५२ हजार ७ सय ९ र तोकिएको क्षेत्रका ज्येष्ठ नागरिकको संख्या १६ हजार ४ सय ७२ रहेको छ ।
साथै २ लाख २ हजार ७९ जना ज्येष्ठ एकल महिला र ३ लाख ६१ हजार ५ सय १९ जना विधवा महिलाले भत्ता प्राप्त गरेका छन् । पूर्ण अपाङ्गता (क वर्ग) भएका ६९ हजार ८ सय ३१ र अति अशक्त अपाङ्गता (ख वर्ग) भएका १ लाख ५० हजार ५ सय ४६ जना लाभग्राही रहेका छन् ।
दलित बालबालिका ३ लाख २ हजार ३ सय ५५ र तोकिएको क्षेत्रका ६ लाख ८४ हजार ४ सय ४९ जना बालबालिकाले भत्ता पाएका छन् ।
लोपोन्मुख आदिवासी÷जनजाति वर्गका २१ हजार ८ सय १८ जना नागरिक सामाजिक सुरक्षाको दायरामा रहेका छन् ।
सरकारले सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन सबै स्थानीय तहमा बैंकिङ प्रणाली लागू गरेको छ । हाल सबै लाभग्राहीको भत्ता बैंक खातामार्फत नै भुक्तानी हुने गरेको सर्वेक्षणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण