आधारभूत तहमा भर्ना दर ९८ प्रतिशत, माध्यमिक तहमा आधा मात्रै
काठमाडौँ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार विद्यालय शिक्षामा विद्यार्थीको पहुँचमा सुधार देखिएको छ।
शैक्षिक सत्र २०८२ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने माध्यमिक तहमा यो दर ५१.६ प्रतिशत मात्रै रहेको छ।
देशभर कुल विद्यालयको संख्या ३५ हजार ९ सय ५१ पुगेको छ । जसमा सामुदायिक विद्यालयको हिस्सा ७५.१ प्रतिशत र संस्थागत विद्यालयको हिस्सा २४.९ प्रतिशत छ ।
लैङ्गिक दृष्टिकोणले हेर्दा आधारभूत तहमा लैङ्गिक समता सूचकाङ्क १.०२ छ, जसले छात्रको तुलनामा छात्राको उपस्थिति बढी रहेको संकेत गर्छ।
यद्यपि माध्यमिक तहमा यो सूचकाङ्क ०.९ मा झरेको देखिन्छ । प्रारम्भिक बालविकास क्षेत्रमा पनि प्रगति भएको छ ।
जहाँ कक्षा १ मा भर्ना हुने ७७.५ प्रतिशत बालबालिकाले बालविकास केन्द्रको अनुभव लिएर विद्यालय प्रवेश गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण