डीडीसीमा छापा : अनियमितता र किसानको भुक्तानी रोकिएकोबारे सीआईबीको अनुसन्धान
सारांश
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूग्ध विकास संस्थान (डीडीसी)को केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
- सीआईबीले दूध खरिदबिक्री सम्बन्धी कागजात, ५ कर्मचारीको मोबाइल र पछिल्लो ३ वर्षको निर्णय सम्बन्धी कागजात जफत गरेको छ ।
- किसानलाई चार महिनाको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको अवस्थामा डीडीसीमा अनियमितता र भुक्तानी रोकिएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूग्ध विकास संस्थान (डीडीसी)मा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । डीडीसीको लैनचौरस्थित केन्द्रीय कार्यालयमा ब्यूरोले छापा मारेर दूध खरिदबिक्री सम्बन्धी कागजात, ५ कर्मचारीको मोबाइल र पछिल्लो ३ वर्षको निर्णय सम्बन्धी कागजात जफत गरेको छ ।
सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले अनुसन्धानको क्रममा कागजात नियन्त्रणमा लिइएको बताए । उनले भने, ‘अनुसन्धानसँग जोडिएको आएको विवरणहरू लिएका हौँ, यो नियमित प्रक्रियामा काम भएको हो ।’
अनुसन्धानमा संलग्न ब्यूरोका एक जना अधिकृतका अनुसार अनियमितता र किसानसँग जोडिएको दूधको रकम भुक्तानीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनियमितता र ठगीसँग सम्बन्धित धेरै कुराहरूमा केही दिनअघि देखी डीएसपी नेतृत्वको टिमले अनुसन्धान गरिरहेको ती अधिकृतले बताए ।
डीडीसीले किसानबाट दूध सङ्कलन गरेर बजारमा बेच्दै आएको छ । पछिल्लो समय किसानले चार महिनाको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये १२ करोड भुक्तानी गरेको डीडीसीका अधिकारीहरूले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह
-
राजस्थान रोयल्स सेटलमेन्ट विवादमा राज कुन्द्रालाई झट्का, लन्डन उच्च अदालतद्वारा ५० लाख डलर फिर्ता गर्न आदेश
-
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
-
फेसबुकमा प्राविधिक समस्या, लगइन गर्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश
-
लगातार आठौँ रात अमेरिकाको इरानमाथि हवाई आक्रमण
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण