शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

दुग्ध विकास संस्थानमा सीआईबीकाे छापा

बुधबार, १३ जेठ २०८३, १७ : ५५
बुधबार, १३ जेठ २०८३

सारांश

  • आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डीडीसी)को केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।
  • सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरी दूध खरिदबिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ।
  • छापा मार्ने क्रममा डीडीसीका महाप्रबन्धक डा.शरण कुमार पाण्डे कार्यालयमा उपस्थित थिएनन्।

काठमाडौँ । आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।

बुधबार छापा मारेर सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत  गरेको छ । ‘एक्कासि टोली आएर छापा हानेको छ । केही कर्मचारीको मोबाइल समेत जफत भएको छ,’ डीडीसी स्रोतले रातोपाटीसँग भन्यो । 

सीआईबीले दूध खरिदबिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको बताइएको छ । 

सीआईबीले छापा हान्दा डिडिसीका महाप्रबन्धक डा.शरण कुमार पाण्डे कार्यालयमा थिएनन् । उनले भने, ‘म मन्त्रालयमा काममा थिएँ । कागजात नियन्त्रण गरिएको भन्ने खबर आएको छ । थप बुझ्दै छु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप