चलचित्र जाँचपास समितिप्रति निर्देशक योञ्जनको आक्रोश : नाम र मान्छे फेरिए, नियत फेरिएन
काठमाडौँ । निर्देशक जोन योञ्जनले आफ्नो फिल्म ‘रोल नं १’लाई केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म एक्जामिनेशन कमिटी)ले दिएको सर्टिफिकेट प्रति आपत्ति जनाएका छन् । आफ्नो फिल्मलाई बोर्डले पिजी सर्टिफिकेट दिएको भन्दै उनले समितिको नाम, मानिस फेरिए पनि नियत उही रहेको बताएका हुन् ।
उनले बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै समितिलाई प्रश्न गरेका छन्, ‘के समाजको वास्तविक कथा भन्नु अब अपराध हो ?’। उनले समितिले फिल्मले उठाएको शैक्षिक मर्मको कथालाई समेत नबुझेको आरोप लगाएका छन् ।
‘रोल नम्बर १’को शैक्षिक मर्मलाई नबुझी लगाइएको ट्यागले यो स्पष्ट पारेको छ कि ‘एक्जामिनेशन कमिटी’ले परीक्षा फिल्मको होइन, आफ्नै ‘बौद्धिक क्षमता’ को लिनुपर्ने बेला आएको छ’, उनी अगाडि भन्छन् ‘फिल्म हामीले हामीले शिक्षा र समाजको विमर्शलाई केन्द्रमा राखेका छौँ । विडम्बना, ‘फिल्म एक्जामिनेशन कमिटी’को नजर देखेर यो प्रमाणित गर्छ कि हाम्रो नियामक निकायलाई ‘शैक्षिक सिनेमा’को परिभाषा नै थाहा छैन ।’
हालै जाँचपास भएको फिल्मले समितिबाट पीजि सर्टिफिकेट पाएको छ ।
यस विषयमा निर्माता पौडेलले पनि सामाजिक सञ्जालबाट असन्तुष्टि पोखेका छन् । पौडेल लेख्छन् ‘सिनेमा बुझ्ने मान्छे ठाउँमा पुगे सोचेको त धेरै बुझ्ने वाल पो परेछ । उनले सेन्सर बोर्डकाे नयाँ सदस्य लक्षित गर्दै भनेका छन् । नयाँ प्याकेट पुरानो माल ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण