गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर, ३० दिनसम्म अनलिमिटेड डाटा चलाउन पाइने
सारांश
- नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड र पोस्टपेड ग्राहकहरूका लागि 'गणतन्त्र दिवस अफर २०८३' ल्याएको छ ।
- यस अफरमा 'न्यु इयर लाइट' प्याकेज अन्तर्गत ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा र सीमा सकिएपछि २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा पाइनेछ ।
- 'न्यु इयर प्रिमियम' प्याकेजमा ६९९ रुपैयाँमा दैनिक १० जीबी डाटा र सीमा सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा उपलब्ध हुनेछ, दुवै प्याकेज ३० दिनका लागि मान्य छन् ।
काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ । टेलिकमले यस अफर अन्तर्गत ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराउने भएको हो ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ‘अनलिमिटेड लाइट’ प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा प्राप्त गर्नेछन् । उक्त ५ जीबीको दैनिक सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । त्यस्तै, ‘अनलिमिटेड प्रो’ प्याकेज अन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ ।
यी दुवै प्याकेजहरूको समयावधि ३० दिनको रहने टेलिकमले जनाएको छ । यो अफर जेठ १४ गते बिहीबारदेखि आगामी जेठ १६ गतेसम्म मात्र खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिने टेलिकमले जनाएको छ ।
इच्छुक ग्राहकहरूले जेठ १४ देखि १६ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५* ११# डायल गरेर वा नेपाल टेलिकमको आधिकारिक एपमार्फत यो प्याकेज खरिद गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण