फिर्के खोलामा रहेको लिटिल स्टेप स्कुलको भवन नभत्काउन सर्वोच्चको अन्तरिम आदेश
सारांश
- पोखराको फिर्के खोला स्थित खोलाघरमै निर्माण गरिएको लिटिल स्टेप स्कुलको संरचना नचलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
- स्कूलले आफ्नो स्वीकृत नक्साअनुसार निर्माण गरिएको भवन भत्काउन लागेको भन्दै सर्वोच्चमा रिट दिएको थियो ।
- सर्वोच्चले विपक्षीलाई कारण देखाऊ आदेशसमेत जारी गर्दै जेठ २५ गते थप छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
पोखरा । पोखराको फिर्के खोला स्थित खोलाघरमै निर्माण गरिएको लिटिल स्टेप स्कुलको संरचना नचलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । स्कूलले आफ्नो स्वीकृत नक्साअनुसार निर्माण गरिएको भवन भत्काउन लागेको भन्दै सर्वोच्चमा रिट दिएको थियो ।
निवेदन माथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल भवनमा कुनै बाधा अवरोध नगर्न आदेश दिएको हो । न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै विपक्षीहरूलाई सूचना दिन आदेश गरेको छ ।
स्कूलका प्राचार्य डा. कैलाश तिमिल्सिनाले बन्दोबस्ती मिलाउन केही समय चाहिने भन्दै रिट दिएका थिए । निवेदनमा आफूहरूले अतिक्रमित संरचना हटाउने कार्यको विरोध नगरे पनि आफ्नो दर्ता स्रेस्ताभित्रको स्वीकृत नक्साअनुसार निर्माण गरिएको विद्यालय भवनलाई जानकारी नै नदिई एकपक्षीय रूपमा रेखाङ्कन गरेर भत्काउन खोजिएको दाबी गरिएको छ ।
‘निवेदकले अतिक्रमित संरचना हटाउने कार्यको विरोध नगरेको, तर आफ्नो दर्ता स्रेस्ताभित्रको स्वीकृत नक्सा बमोजिम निर्माण गरेको संरचनालाई जानकारी नदिई एकपक्षीय ढंगबाट रेखाङ्कन गरी विद्यालयको भवन संरचनामा डोजर चलाई भत्काउन लागेको हुँदा रोकी पाउँ भन्ने बेहोराको माग दाबी रहेको पाइयो,’ अदालतको आदेशमा उल्लेख छ ।
थप छलफलका दुवै पक्षलाई जेठ २५ गते बोलाएको छ । त्यसअघि अदालतले विपक्षीहरूलाई कारण देखाऊ आदेशसमेत जारी गरेको छ । ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्नू,’ आदेशमा उल्लेख छ । पोखरा महानगरले खोलाघर क्लियर गर्ने अभियान आइतबारदेखि निरन्तर चलाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण