प्रताप दासको ‘नौ डाँडा काटेर’मा आशीर्वाद र अश्विनीको रोमान्स
सारांश
- लोकप्रिय गायक प्रताप दाशको नयाँ गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक भएको छ ।
- गीतले प्रेम, पारिवारिक हैसियत र वर्गमा हुने अन्तरलाई बाहिर ल्याउन खोजेको छ ।
- नर्वेमा बसोबास गर्ने नेपाली युवाहरूको संस्था ‘धड्कन नेपाल ग्रुप’ले यो गीत निर्माण गरेको हो ।
काठमाडौँ । लोकप्रिय गायक प्रताप दाशको नयाँ गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ । प्रताप शाहीको शब्द तथा सुवास पुन मगरको सङ्गीत रहेको गीतले प्रेम, पारिवारिक हैसियत र वर्गमा हुने अन्तरलाई बाहिर ल्याउन खोजेको छ ।
गीतको भिडियोमा अभिनेता आशीर्वाद क्षेत्री र अभिनेत्री अश्विनी शाहीको अभिनय छ । राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे, चेतना काफ्लेको अभिनय समेत भिडियोमा देख्न सकिन्छ ।
हरि हुमागाईँले निर्देशन तथा सम्पादन रहेको भिडियो उत्तम हुमागाईँले छायाङ्कन गरेका हुन् । नर्वेमा बसोबास गर्दै आएका नेपाली युवाहरूको संस्था ‘धड्कन नेपाल ग्रुप’ले निर्माण गरेको यो गीत केवल मनोरञ्जनमा मात्र सीमित नरही व्यावसायिक कामसँगै सामाजिक सेवालाई पनिसँगै अगाडि बढाउने उद्देश्यले निर्माण भएको हो । हालै निर्माण टोली भक्तपुरस्थित ‘सहारा केयर सेन्टर’ पुगेर त्यहाँ आश्रित वृद्ध वृद्धाहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।
धड्कन नेपाल ग्रुपका संस्थापकहरू सङ्गीतकार मगर र गीतकार शाही हुन् । लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रहेका सङ्गीतकार मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका अध्यक्ष समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण