बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्च अदालत आज र भोलि आंशिक खुला रहने

बिहीबार, १४ जेठ २०८३, १० : २८
बिहीबार, १४ जेठ २०८३

सारांश

  • सर्वोच्च अदालत बन्दीप्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका लागि आज र भोलि आंशिक रूपमा खुला रहने भएको छ ।
  • सार्वजनिक बिदाका कारणले अदालत बन्द भएपछि विशेष व्यवस्था गरिएको हो ।
  • सर्वोच्च अदालत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ ।

काठमाडौँ । सर्वोच्च अदालतमा आज र भोलि दुई दिन आंशिक रूपमा खुला रहने भएकाे छ ।

सर्वोच्च प्रशासनका अनुसार लगातार चार दिन सार्वजनिक बिदा भएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला गर्ने भएको हो । 

आज बकर इद, भोलि गणतन्त्र दिवस र त्यसपछि शनिबार र आइतबार परेकोले लगातार चार दिन सार्वजनिक बिदा परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप