बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अपडेट

बजेट भाषण नयाँ हलबाट नहुने

बिहीबार, १४ जेठ २०८३, २० : ४५
बिहीबार, १४ जेठ २०८३

सारांश

  • सङ्घीय संसद्को संयुक्त सदनमा भोलि पेस हुने आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ ।
  • प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
  • सिंहदरबारस्थित पुतली बगैँचामा बनिरहेको संसद् भवन निर्धारण गरिएको समयमा बन्न नसक्दा प्रतिनिधिसभा बैठक कामचलाउ हलबाट चलिरहेको छ ।

काठमाडौँ । भोलि सङ्घीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ । प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए। 

प्रवक्ता गिरीले भने, ‘प्राविधिक कामहरू सकिएनन् नयाँ हलबाट बजेट वाचन असम्भव जस्तै भयो। चुनौतीपूर्ण देखियो ।’ 

अब बजेट पनि प्रतिनिधिसभा बैठक चलिरहेको काम चलाऊ हलबाट वाचन हुने देखिएको छ। सिंहदरबारस्थित पुतली बगैँचामा बनिरहेको संसद् भवन निर्धारण गरिएको समयमा बन्न नसक्दा प्रतिनिधिसभा बैठक कामचलाउ हलबाट चलिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप