सफाइ नपाउँदै न्यायाधीश गिरीलाई पुनर्बहाली गरेको भन्दै रावल पुनः आमरण अनसन बस्ने
सारांश
- आफूविरुद्धको मुद्दाबाट सफाइ नपाउँदै भुवन गिरीलाई न्यायाधीश पदमा पुनर्बहाली गरिएको भन्दै पीडित आरती रावल पुनः आमरण अनसन बस्ने भएकी छन्।
- पीडित रावलले तीनै तहका अदालतमा गिरीविरुद्ध मुद्दा चलिरहेको अवस्थामा महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय गराई उनलाई पुनर्बहाली गरिएको आरोप लगाइन्।
- रावलले गैरकानुनी राजनीतिक नियुक्ति पाएका गिरीको सर्वोच्च अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेकाले न्यायाधीश भुवन गिरीलाई तुरुन्त निलम्बन गरियोस् भन्दै आमरण अनसन बस्ने घोषणा गरेकी छन्।
काठमाडौँ । आफूविरुद्धको मुद्दाबाट सफाइ नपाउँदै भुवन गिरीलाई न्यायाधीश पदमा पुनर्बहाली गरिएको भन्दै पीडित आरती रावल पुनः आमरण अनसन बस्ने भएकी छन्।
बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी रावलले दार्चुला जिल्ला अदालतका तत्कालीन न्यायाधीश गिरीलाई तत्काल निलम्बन गर्न माग गरेकी हुन्।
पीडित रावलले तीनै तहका अदालतमा गिरीविरुद्ध मुद्दा चलिरहेको अवस्थामा महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय गराई उनलाई पुनर्बहाली गरिएको आरोप लगाइन्। सत्ता र शक्तिको दुरुपयोग गरेर आफूले न्याय नपाउँदै पीडक गिरीलाई पुनर्बहाली गर्नु कानुनी राज्यको धज्जी उडाउनु रहेको रावलको जिकिर छ। उनले भनिन्, ‘गैरकानुनी राजनीतिक नियुक्ति पाएका गिरीको सर्वोच्च अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेकाले न्यायाधीश भुवन गिरीलाई तुरुन्त निलम्बन गरियोस्।’
विगतका समयमा अदालतप्रति जनताको आस मर्दै गए पनि वर्तमान समयमा न्यायालयप्रति भरोसा बढ्दै गएको बताउँदै रावलले भनिन्, ‘बालेन सरकारले न्यायालयको शुद्धीकरणको सङ्केत दिएको हो भने, भुवन गिरीलाई तत्काल निलम्बन गरेर देखाओस्, सर्वोच्च अदालत मेरा मिसिलका एक–एक प्रमाणहरू केलाएर मलाई न्याय गरियोस्।’
विगतमा अदालत पनि शक्तिको प्रभावमा परेको आरोप लगाउँदै रावलले प्रश्न गरिन्, ‘के न्यायाधीशलाई कानुन लाग्दैन? निष्पक्ष हुन्छ भनेको अदालतबाट अपराधी न्यायाधीशको संरक्षण किन? तीनै तहका न्यायालयबाट सफाइ नपाउँदै पुनर्बहाली किन? नैतिकताको आधारमा पनि उनी न्यायाधीश जस्तो पदमा बस्न मिल्छ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण