मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारलाई कांग्रेसको ६ बुँदे ध्यानाकर्षण
सारांश
- कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनलाई आधार मानेर सरकारलाई ६ बुँदे ध्यानाकर्षण गराएको छ ।
- आयोगको सिफारिस कार्यान्वयन गर्न, बल प्रयोगमा संलग्नमाथि कारबाही गर्न र पीडितलाई न्याय तथा राहत दिन कांग्रेसले माग गरेको छ ।
- निजी क्षेत्रको क्षतिपूर्तिको व्यवस्था र सुरक्षा निकायको सुधारका साथै गौरीबहादुर कार्की आयोगका अध्यक्षमाथि अनुसन्धानको माग गरिएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगको बुधबार सार्वजनिक प्रतिवेदनलाई आधार मान्दै सरकारलाई ६ बुँदे ध्यानाकर्षण गराएको छ । आयोगले सार्वजनिक गरेको भदौ २३–२४ को आन्दोलनसम्बन्धी प्रतिवेदनका सिफारिसहरूलाई संवैधानिक दायराभित्र रही तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै कांग्रेसले सरकारको आधिकारिक धारणा र जवाफदेहिता माग गरेको हो ।
कांग्रेसले उक्त घटनामा राज्यकोतर्फबाट भएको अत्यधिक बल प्रयोग र सबै प्रकारका हिंसात्मक गतिविधिमा किटान गरिएका सांसद, व्यक्ति वा निकायउपर सरकारी प्रभाव र राजनीतिक दबाबमुक्त रही विधिसम्मत कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।
यसैगरी, अत्यधिक बल प्रयोगबाट ज्यान गुमाएका तथा घाइते भएका नागरिकका परिवारलाई न्याय, उचित राहत र पुनर्स्थापनाको समूचित प्रबन्ध मिलाउनुपर्ने बिहीबार प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निजी क्षेत्रले बेहोर्नुपरेको हानि–नोक्सानीमा राज्यले अभिभावकत्व ग्रहण गर्दै बिमा वा सो नभएमा उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले राखेको छ । सुरक्षा निकायलाई आधुनिक र मानव अधिकारमैत्री बनाउन आवश्यक सुधारका लागि पुनरावलोकन गर्नुपर्ने विषयलाई पनि प्रमुखताका साथ उठाइएको छ ।
साथै, विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको अनुसन्धानलाई मानव अधिकार आयोगले नै अपर्याप्त र अधुरो देखाएको सन्दर्भमा कांग्रेसले उक्त आयोगका अध्यक्षमाथि समेत तत्काल सूक्ष्म अनुसन्धान प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण