मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
अपराध

दीपक भट्टको हाँगाबिँगा खोज्दै सीआईबी

छ कम्पनीका ५६ जनाको सेयर रोक्का राख्न पत्र (सूचीसहित)
बिहीबार, १४ जेठ २०८३, १५ : १३
बिहीबार, १४ जेठ २०८३

सारांश

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्टसँग जोडिएका ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर रोक्का राख्न पत्र पठाएको छ ।
  • सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको भन्दै उनीहरूको लगानी विवरण खुलाएर सेयर बिक्री वा हस्तान्तरणमा रोक लगाउन निर्देशन दिएको छ ।
  • सेयर कारोबार रोक्का राख्न भनिएकाहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, क्यापसर्भ लि., गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेस्टमेन्ट बैंकर्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सका व्यवस्थापक तथा मुख्य सेयरधनी रहेका छन् ।

काठमाडौँ । नेपाल प्रहरीले दीपक भट्टसँग जोडिएका व्यक्तिमाथिको अनुसन्धान सुरु गरेको छ । 

भट्टमाथि मुद्दा चलाउन सिफारिस गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर रोक्का राख्न पत्र पठाएको हो । साथै उनीहरूको लगानी विवरण खुलाएर पठाउन निर्देशन दिएको छ।

सीआईबीले लेखेको पत्रमा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेकोले ती व्यक्तिको लगानी सम्बन्धी विवरण पठाउन भनेको हो । उल्लेखित व्यक्तिहरूको नाममा धितोपत्र बजारमा भएको सम्पूर्ण विवरण पठाउन समेत बोर्डलाई सीआईबीको निर्देशन छ र अनुसन्धान अवधिसम्मको लागि उनीहरूको सेयर बिक्री वा हस्तान्तरणमा रोक लगाउन पत्रमार्फत अनुरोध गरिएको छ । 

यसरी सेयर कारोबार रोक्का राख्न भनिएकाहरूमा कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, क्यापसर्भ लि., गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेस्टमेन्ट बैंकर्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सका व्यवस्थापक तथा मुख्य सेयरधनी रहेका छन् ।

सेयर रोक्का राख्न पत्राचार भएका व्यक्तिहरू यस प्रकार छन् ।  व्यक्तिहरू र उनीहरूको कार्यालय (विवरण) :

  • हिमालयन रि-इन्स्योरेन्स लि.

१. उपासना पौडेल - प्रमुख कार्यकारी अधिकृत

२. अमित मोर - सञ्चालक

३. राजीव मोर - सञ्चालक

४. शुभेच्छा खरेल - सञ्चालक

५. सुभाष कुमार झुनझुनवाला - सञ्चालक

६. मनिष कुमार - लगानी समिति सदस्य

  • नेपाल माइक्रो इन्स्योरेन्स लि.

१. सिद्धान्त झुनझुनवाला - सञ्चालक

२. लतिका गोल्यान - सञ्चालक सदस्य

३. बद्री सिग्देल - सञ्चालक सदस्य

४. प्रविना दाहाल - सञ्चालक सदस्य तथा लगानी समिति अध्यक्ष

५. सुजल मल्ल - लगानी समिति सदस्य

  • हिमालयन सेक्युरिटी बैंकर लि.

१. सिताराम वाग्ले - सञ्चालक

२. आकांक्षा गुप्ता - सञ्चालक

  • क्यापसर्भ लि.

१. शिशिर गैह्रे - अध्यक्ष

  • हिमालयन इन्भेष्टमेन्ट बैंकर

१. कपिल कुमार दाहाल - सञ्चालक अध्यक्ष

२. राजन प्रसाद अधिकारी - सञ्चालक सदस्य

३. बिनु घिमिरे - सञ्चालक सदस्य

४. नारायण कुमार अधिकारी - सञ्चालक सदस्य

५. उत्सव प्रधानङ्ग - सञ्चालक सदस्य

६. सुभाष पौडेल - लगानी सदस्य

७. शालिनी संघई - लगानी सदस्य

८. प्रतिक जोशी - लगानी सदस्य

  • क्रेष्ट माइक्रो इन्स्योरेन्स लि.

१. विदुर पुरी - सञ्चालक सदस्य

७. गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.

१. डा. जयप्रकाश जैसवाल - सञ्चालक

२. उद्धवनारायण भट्टराई - सञ्चालक सदस्य

३. प्रमोद प्रसाद भट्टराई - सञ्चालक सदस्य

४. ज्योती अग्रवाल - सञ्चालक सदस्य

५. नवराज मुडभरी - सञ्चालक सदस्य

६. चिरायु भण्डारी - प्रमुख कार्यकारी अधिकृत

७. ज्योतिप्रकाश पाण्डे - लगानी समिति सदस्य

८. समिर खरेल - लगानी समिति सदस्य

  • प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि.

१. किर्तिका अग्रवाल - सञ्चालक अध्यक्ष

२. दिनेश सरिया - सञ्चालक सदस्य/लगानी समिति संयोजक

  • हिमालयन लाइफ इन्स्योरेन्स लि.

१. विवेक कुमार शाह - सञ्चालक सदस्य

२. लक्ष्मण झावली - सञ्चालक सदस्य

३. राजीव प्रसाद प्याकुरेल - सञ्चालक सदस्य

४. आशिष ढकाल - सञ्चालक सदस्य/लगानी समिति संयोजक

५. सौरभ दुगड - सञ्चालक सदस्य/लगानी समिति संयोजक

६. सचिन आचार्य - सञ्चालक समिति सदस्य

७. प्रमीला के.सी. - सञ्चालक सदस्य

८. दिगम्बर झा - सञ्चालक सदस्य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप