मिटरब्याज पीडितहरूले धनुषा जिल्ला अदालत घेराउ गर्दै
जनकपुर । मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन् । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमान्डका इन्चार्ज मोहन महतोले अगामी मंगलवार मिथिला कमान्ड र भोजपुरा कमान्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा धनुषा जिल्ला अदालत घेराउ गरिने बताए । उनले पीडितहरूको विगत १२ दिनदेखि आन्दोलनरत भए पनि राज्यपक्ष आफूहरूका मागप्रति राज्य गम्भीर नभएको आरोप लगाए ।
उनले भने- ‘हामी विगत १२ दिनदेखि आन्दोलनमा छौँ । १२ दिनसम्म पनि पीडितहरूको कुरा सुनेका छैनन् । छलफलमा समेत मिटरब्याज धनीहरूले वास्ता गरेनन् । पीडितहरूको समस्या नसुनेको कारण अब हामी आन्दोलनलाई अगाडी बढाउँदैछौँ । हामीहरू यही जेठ १९ गतेको दिन मिथिला कमान्डको आयोजनामा धनुषा जिल्ला अदालत घेराउ गर्दैछौँ । आन्दोलनमा आठ हजारदेखि दश हजारसम्म सहभागी हुन्छौँ ।’
उहाँले धनुषा जिल्ला अदालत घेराउका लागि मधेस प्रदेशभरबाट ८ देखि १० हजार पीडित सहभागी हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण