सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

निशा गुरुङले ल्याइन् गीत 'तीन ढिक्के फुली'

बिहीबार, १४ जेठ २०८३, २३ : २०
बिहीबार, १४ जेठ २०८३

सारांश

  • गायिका निशा गुरुङको नयाँ मौलिक लोक दोहोरी गीत 'तीन ढिक्के फुली (ढाकाको टोपीले)' सार्वजनिक भएको छ।
  • गीतमा निशा गुरुङ र गायक शीतल गुरुङको स्वर, सीताराम परियारको शब्द र शीतल गुरुङकै संगीत रहेको छ।
  • दीप गुरुङको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा विजय पुन, बबिन सिंह ठकुरी, प्रीति गुरुङ र दीपिका मगरको अभिनय छ।

काठमाडौँ । गायिका निशा गुरुङको प्रस्तुतिमा नयाँ मौलिक लोक दोहोरी गीत 'तीन ढिक्के फुली (ढाकाको टोपीले)' सार्वजनिक भएको छ। 

निशा गुरुङ र गायक शीतल गुरुङको सुमधुर स्वरमा सजिएको यो गीतले नेपाली संस्कृति र मौलिकतालाई सुन्दर ढंगमा प्रस्तुत गरेको छ।
यस गीतको शब्द सीताराम परियारले रचना गरेका हुन् भने संगीत स्वयम् शीतल गुरुङले भरेका छन्। 

गीतलाई शिव कनौजे मगरले संगीत संयोजन गरेका हुन्। दीप गुरुङको निर्देशन तथा नृत्य निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरू विजय पुन, बबिन सिंह ठकुरी, प्रीति गुरुङ र दीपिका मगरको उत्कृष्ट अभिनय र नृत्य देख्न सकिन्छ।

म्युजिक भिडियोलाई विजय लामाले छायांकन गरेका हुन् भने पदम सुवेदीले सम्पादन तथा रङ्ग संयोजन गरेका छन्।

 दीप फिल्म्स प्रोडक्सन ग्रुपको पोष्ट प्रोडक्सनमा तयार भएको यो भिडियो निशा गुरुङकै  युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो। सांस्कृतिक र नृत्यप्रधान यस गीतले दर्शनको मत जित्ने गुरुङले विश्वास व्यक्त गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप