शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
शुक्रबार, १५ जेठ २०८३, ०६ : २२
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • नेपालमा पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले देशैभरि बादल लाग्ने र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ ।
  • आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा तराईका केही भूभागमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना छ ।
  • राति पनि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली प्रदेश र हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना रहेको छ ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।  सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । देशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप