इरानसँग सम्झौता ‘धेरै नजिक’ : भान्स
काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताउँदै वासिङ्टन व्यापक सम्झौताबाट ‘धेरै नजिक’ रहेको दाबी गरेका छन् । उनका अनुसार सम्भावित सहमतिले स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने, इरानको सैन्य क्षमता कमजोर पार्ने तथा तेहरानको आणविक कार्यक्रमलाई दीर्घकालीन रूपमा पछि धकेल्ने अमेरिकी लक्ष्यलाई बल पुग्नेछ ।
मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीसँग कुरा गर्दै भान्सले हालसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरे । उनले अन्तिम सहमति भएमा हर्मुज जलघाँटी पुनः खुल्ने, इरानको परम्परागत सैन्य संरचनामा गम्भीर असर पर्ने र आणविक कार्यक्रममाथि उल्लेखनीय नियन्त्रण सम्भव हुने बताए ।
यद्यपि प्रक्रिया अझै पूरा नभइसकेको उल्लेख गर्दै उहाँले वार्ता जारी रहेको र सहमतितर्फको दूरी निकै कम भएको सङ्केत दिए ।
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आर्थिक दबाब र सुरक्षा रणनीतिले इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको दाबी गरेका छन्। ह्वाइट हाउस ब्रिफिङमा उनले यसअघिका प्रशासनले हासिल गर्न नसकेको विषय ट्रम्प प्रशासनले सम्भव बनाएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण