चौथो सातामा ‘लालीबजार’
सारांश
- फिल्म 'लालीबजार' प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ ।
- गत वैशाख २५ बाट प्रदर्शनमा आएको फिल्मले करिब ६ करोड व्यवसाय गरेको छ ।
- कानुनी विवादमा परे पनि फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
काठमाडौँ । फिल्म ‘लालीबजार’ प्रदर्शनको चौथो सातामा प्रवेश गर्न सफल भएको छ । गत वैशाख २५ बाट प्रदर्शनमा आएको फिल्मले करिब ६ करोड व्यवसाय गर्दै चौथो सातामा प्रवेश गरेको हो ।
विभिन्न कानुनी विवादमा समेत परेको फिल्मले दर्शकबाट भने सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चौथो सातासम्म पनि फिल्म युनिट कलाकार सहित हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेको छ ।
यम थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, बिरबल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दै छन् ।
फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण