ब्याडमिन्टन खेलका ‘अम्पायर’को क्षमता अभिवृद्धि गर्न तालिम
सङ्खुवासभा । ब्याडमिन्टन खेलका ‘अम्पायर’को क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ज्ञान र सीप विकास गर्ने उद्देश्य ‘अम्पायर तालिम’ सुरु भएको छ।
नेपाल ब्याडमिन्टन सङ्घ र सङ्खुवासभा ब्याडमिन्टन सङ्घद्वारा आयोजित उक्त तालिममा कोशी प्रदेशका १४ जिल्लाका ४५ जना अम्पायर सहभागी छन् । तालिममा अन्तरराष्ट्रियस्तरका अद्यावधिक नियम, खेल सञ्चालनका प्राविधिक पक्ष, अम्पायरिङका व्यावहारिक अभ्यास तथा निर्णय प्रक्रियासम्बन्धी प्रशिक्षण प्रदान गरिने तालिमका मुख्य प्रशिक्षक अन्तर्राष्ट्रिय रेफ्री तथा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सचिव दीपक थापा रहेका छन्।
आयोजक संस्था सङ्खुवासभा ब्याडमिन्टन सङ्घका सचिव रुद्रमणि श्रेष्ठले ब्याडमिन्टन ओलम्पिकमा समावेश अन्तरराष्ट्रिय खेल भएकाले विश्वव्यापी रूपमा प्रचलित नियम, मापदण्ड र खेल सञ्चालन प्रक्रियाबारे प्रशिक्षण प्रदान गरिने जानकारी दिए ।
उक्त तालिमले प्रदेशका अम्पायरहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा खेल सञ्चालन, निर्णय प्रक्रिया र अम्पायरिङसम्बन्धी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण