शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
बजेट

विकास आयोजनासम्बन्धी सनसेट कानुन ल्याइने

शुक्रबार, १५ जेठ २०८३, १७ : ०९
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • सरकारले चालु आर्थिक वर्षभित्र विकास आयोजनासम्बन्धी सनसेट कानुन संसद्मा पेस गर्ने घोषणा गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै वैदेशिक मुद्रामा अफसोर बन्ड स्थापना गरिने बताए ।
  • गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन कानुन परिमार्जन गरिने र आगामी आर्थिक वर्षदेखि हेजिङ फन्डको सुरुवात गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

काठमाडौँ । सरकारले  चालु आर्थिक वर्षभित्रै विकास आयोजनासम्बन्धी सनसेट कानुन संसद्मा पेस गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा  प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । वैदेशिक मुद्रामा अफसोर बन्ड स्थापना गरिने पनि उनले बताए ।

विदेशबाट पुँजी संकलन गर्न वैदेशिक मुद्रामा अफसोर बन्डहरु स्थापना गरिने र आगामी आर्थिक वर्षदेखि हेजिङ फन्डको सुरुवात गरिने बताए । गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन कानुन परिमार्जन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । त्यसका लागि धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानीको स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्ने घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप