बजेट
बृहत् लुम्बिनी विकास कार्यक्रमका लागि ८३ करोड रुपैयाँ
शुक्रबार, १५ जेठ २०८३, १७ : ३४
सारांश
- सरकारले बृहत् लुम्बिनी विकास कार्यक्रमका लागि ८३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा ऐतिहासिक स्थल तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्रामको पूर्वाधार विकास गर्ने घोषणा गरेका हुन् ।
- यस्तै, जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकास गरिने र तिलौराकोट, जनकपुरधाम र गोकर्णेश्वरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन प्रक्रिया अघि बढाउने जनाइएको छ ।
काठमाडौँ । सरकारले बृहत् लुम्बिनी विकास कार्यक्रमका लागि ८३ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले ऐतिहासक स्थल तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्रामको बृहत् पूर्वाधार विकास गरिने जनाए । यस्तै, जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकास गरिने, रामजानकी पथ र रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि रकम विनियोजन गरिएको उनले जानकारी दिए ।
तिलौराकोट, जनकपुरधाम र गोकर्णेश्वरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन प्रक्रिया अघि बढाउने पनि अर्थमन्त्री वाग्लेले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण