तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
शुक्रबार, १५ जेठ २०८३, १७ : ४१
बुटवल । सरकारले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने घोषणा गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउन आवश्यक पहल गरिने बताएका हुन् ।
बजेट वक्तव्यमा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको तिलौराकोटको संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण