विद्युतीय सवारी साधनमा मूल्यका आधारमा भन्सार महसुल लाग्ने
शुक्रबार, १५ जेठ २०८३, १७ : ५८
सारांश
- सरकारले विद्युतीय सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने भएको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।
- यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चाजिङ स्टेसन निर्माण र ब्याट्री व्यवस्थापनका लागि पैठारी विन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाइएको छ ।
काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत यस्तो बताएका हुन् । उनले यस्ता सवारी साधनको स्वदेशमा उत्पादन चाजिङ स्टेसन निर्माण र ब्याट्री व्यवस्थापनका लागि पैठारी विन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको बताए ।
उनले भने, ‘विद्युतीय सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु । यस्ता सवारी साधनको स्वदेशमा उत्पादन चाजिङ स्टेसन निर्माण र ब्याट्री व्यवस्थापनका लागि पैठारी विन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण